News

बिबाह अघिको से क्सलाई अब नेपाली समाजले स्वीकार्नु पर्छ : पुर्व मिस नेपाल माल्भिका सुब्बा

नेपाली समाजमा अलिक धेरैं महत्वकांक्षा राख्ने महिलाको रुपमा पूर्वमिस नेपाल माल्भिका सुब्बालाई लिइन्छ् । उनलाई धेरै युवायुवत्तीले आफ्नो ‘रोल मोडल’ मान्ने गर्दछन् ।

स्पष्ट विचार, स्मार्ट स्टाइल र बौद्धिकताकी धनी भएकैं कारण माल्भिकाले आफ्नो क्षेत्रमा दरिलो ठाउँ बनाइसकेकी छिन् नेपाली समाजमा उनलाई र बैंकर रविना देशराजलाई एउटैं स्थानमा राखेर ब्याख्या गर्ने गरिएको छ । नेपाली समाजमा उनीहरु जस्तैं धेरैं नारीहरुको उदय भइरहेको छ ।

विशेष गरेर नेपाली समाजले गलत्त मान्ने गरेको यौनसम्बन्ध र अन्य सामाजिक विषयहरुमा आफ्नो स्पष्ट धारणा राख्न सक्ने भएका हुनाले पनि सुब्बाजस्ता महिलाहरुको चर्चा समयसमयमा हुने गर्दछ ।उनले सामाजिक विषयहरु धेरैंमा आफ्नो असहमति भएको कुरा जनाउँदैं आएकी छिन् । नेपालमा विवाह भन्दा पहिले गरिने यौनसम्बन्धलाई गलत्त मान्ने गरिएको छ । तर, नेपालमा पछिल्लो समय बढ्दैं गएको पश्चिमा संस्कृतिले गर्दा नेपालमा पनि यसको नक्कल गरिन थालिएको छ ।

अहिले शहरी क्षेत्रहरुमा विवाह भन्दा पहिले परिवारको सहमतिमा नैं ‘लिभिङ टुगेदर’ जस्ता कुराहरुमा युवायुवत्तिहरु बस्ने गरेका छन् ।नेपालमा यसको प्रभाव कहाँसम्म छ भने अहिले नेपाली जनताका बिचमा चर्चामा रहेका पत्रकार रबि लामिछानेले पनि अवैध सम्बन्धबाट एक सन्तान जन्माएका छन् ।उनले अमेरिकामा रहँदा एक युवत्तिसँग सम्बन्ध राखेर विवाहपुर्व नैं सन्तान जन्माएको कुरा स्वीकार गरेका छन् । नेपाली समाजमा यसको प्रभाव हरेक दिन बाक्लो बन्दैं गएको छ ।

नेपाली समाजमा विवाह भन्दा पहिले यौन सम्बन्ध राख्नुलाई व्यक्तिको चरित्रसँग जोडेर हेर्ने गरिएको छ । यस विषयमा पुर्व मिसनेपाल सुब्बाको धारण भने अलिक फरक रहेको छ ।उनका अनुसार, “शारीरिक सम्बन्ध र चरित्र फरक विषयहरु हुन् । शारीरिक सम्बन्ध चाहनेहरु चरित्रहीन हुन्छन् भन्ने हुँदैन ।

कोही ब्रम्हचारी नै छ भने पनि त्यो व्यक्ति उच्च नैतिकवान भएको ठोकुवा गर्न सकिदैन । यदी दुईले शारीरिक सम्बन्ध राख्छन् अनि अरुले उनीहरुलाई ‘क्यारेक्टरलेस’ भन्छन् भने पनि त्यो बेकार हो ।”

यौनसम्पर्कजस्तो विषयलाई कुनैपनि व्यक्तिको चरित्रसँग जोडेर हेर्न नहुने सुब्बाको तर्क रहेको छ । एक फरक प्रशंगमा सुब्बाले सम्बन्धलाई दिगो र टिकाउ बनाउँनको लागी अहिलेको युवा पुस्तालाई सल्लाह दिएकी छिन् । मानिसहरु धेरैं आशा लिएर सम्बन्धमा बाँधिने र पुरा नहुँदासम्म मनमुटाव हुने उनको तर्क रहेको छ ।

उनले भनिन, “धेरैजना समाजको डरले पनि सँगै बस्नुभएको छ । सँगै बस्दैमा खुसी मिल्छ भन्ने होइन । राम्रो अन्तरक्रिया र समयसँगै परिवर्तन हुने सोच र इच्छा भयो भने मिल्दो रहेछ ।समयअनुसार परिवर्तन हुन नसक्दा पनि मनोमुटाव हुन्छ ।” मान्छे समयानुकुल हुन सक्यो र भावनालाई बुझ्न सक्यो भने सम्बन्धमा दरार नआउँने सुब्बाको तर्क रहेको छ ।janaboli बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email