टिकटकमा भाइरल यी नेपालकी भेटेरिनरी डाक्टर को हुन ?

काठमाडौ :- प्रियांका ढकाल अहिले पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन् ।उनको लोकप्रियता उक्त सामाजिक सञ्जालमा बढ्दै गएको छ ।
आकर्षक जीउडाललाई कलात्मक ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन् । उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन् ।
अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गर्छिन् । यसैलेपनि उनको लोप्रियता ज्यादै बढेको छ ।
उनको अहिले ५११.४ के फलोअर्स भइसकेको छ । ३.० एम त लाईकस् नै भएको छ । उनी भेटेरिनरी डाक्टर बनिरहेकी छिन् । भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन् भने सबै चकित बनेका छन् ।
तर उनका भिडियोहरु गीतमा आकर्षक जीउडाल देखाएर लिप्सिङ् मिलाएका मात्र देखिन्छन् । खासै क्रियटिभ नभएपनि उनी नेपालको चर्चित टिकटकर्सको सूचीमा छिन् ।