Video

बिद्युतको झट्काले दुबै हात गुमाएकी विराटनगरकी २४ वर्षीया मेघा घिमिरेले ओठको सहाराले भाइटीका लगाइन् (भिडियो

दिदिको माया: बिद्युतको झट्काले दुबै हात गुमाएकी विराटनगरकी २४ वर्षीया मेघा घिमिरेले ओठको सहाराले भाइटीका लगाइन् (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस

यो पनि पढ्नुहोस्
तिहार र छठ पर्व गरी पछिल्लो एक साता नै सार्वजनिक बिदा पर्‍यो । व्यवसाय, जागिर तथा अध्ययनको सिलसिलामा घरबाहिर रहेका सर्वसाधारण बिदाको सदुपयोग गर्दै गाउँ–सहर फर्किएका छन् । परिवार र आफन्तसँगको भेटघाटका अलावा उनीहरूमाझ बर्खे बाली धान, कोदो काट्ने र थन्क्याउने चटारो पनि छ ।

स्थानीयको यही व्यस्तता आसन्न आमनिर्वाचनका उम्मेदवारका लागि भने सुनौलो अवसर बनेको छ ।कतिपयले खेती थन्क्याउन सहयोग गरेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् । अन्य समयमा अत्यावश्यक कामले फोन सम्पर्क गर्दासमेत बेवास्ता गर्ने नेताहरू यतिबेला घरदैलो र खेतमै पुगेर नमस्कार गर्दा मतदाता पनि दंग छन् ।

अरू बेला हामीले जतिसुकै भेट्न खोज्दा पनि नसकिने,’ मोदी–२ की पूर्णकला क्षेत्रीले भनिन्, ‘अहिले भने खेतबारीमै भेट्न आउनुभएको छ । हाम्रो पनि आवश्यकता हुने रहेछ भन्ने बल्ल नेताले चेतेका छन् । उनीहरू आउँछन् भनेर घरमै कुरेर बसेर हाम्रो काम फत्ते हुने होइन ।’ क्षेत्रीजस्तै धाइरिङकी नवीना आचार्यलाई पनि नेताले ५ वर्षमा एकपटक भए पनि सम्झेर खेतबारीमै आइपुगेको देख्दा अचम्म छिन् । ‘हुन त नेताहरूले हाम्रो काममा सघाउने होइनन्, हाम्रा दुःख जो आए पनि उस्तै हो,’ उनले थपिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email