सन्दिप लामीछानेको नआईसी एसिया बैंकमा रहेको खातामा जम्मा ६५ हजार २९८ रुपैयाँ

क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मु’द्दा दर्ता गर्दै यस्तो माग गरेको हो ।उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरिएको छ । लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७
बर्गमिटर जग्गा रोक्का राख्न माग गरिएको हो। यस्तै कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नं ६९३० पनि रोक्का राख्न माग गरिएको छ।उनको बैंक खाता पनि रोक्का राख्न पनि माग गरिएको छ। एनआईसी एसिया बैंकमा उनको खातामा रहेका ६५ हजार २९८ रुपैयाँ रोक्का राख्न अदालत समक्ष अनुरोध गरिएको छ।
क्ष’तिपूर्ति प्रयोजनका लागि उनको सम्पत्ति र खाता रोक्का राख्न माग गरिएको हो। उनीविरु’द्ध सोमबार जिल्ला अदालतमा १२ वर्ष कै’द र क्ष’तिपूर्ति माग गर्दै मु’द्दा दायर भएको छ उनलाई सोमबार नै जिल्ला अदालतमा उपस्थित गराइएको भए पनि थुन’छेक बहस भने मंगलबारदेखि मात्रै सुरु हुने भएको छ। अदालतमा बुझाएको अभि’योजन पत्रमा
मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ।प्रहरीले अदालतमा मु’द्दासँगै ६ वटा प्रमाण बुझाइएको छ। प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्रा’इभ प्रहरीले बुझाएको हो।
जबरजस्ती करणीको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको छ । सन्दीपले नाबालिकमाथि जबरजस्ती करणी गरेको भन्दै १२ वर्षको जेल सजायको मागदाबी लिइएको छ ।
गत भदौ ६ गते बिहान सन्दीपले पिंगलास्थानको होटल काठमाडौँ इनमा लगेर एक १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरीले सन्दीपले आफूलाई भदौ ६ गतेको बिहान २ पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पिंगलास्थानको उक्त होटलको सिसीटिभी फुटेज र लगबुकमा सन्दीप र पीडित किशोरी कोठा नम्बर ३०७ मा सँगै बसेको पाइएको छ ।उक्त होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको, स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी समेत किशोरी आफैँले लिएर गएको बताएका छन् ।यस्तो छ, रिसेप्सनिष्ट अनिश श्रेष्ठको बयान
‘म काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्ग स्थित रहेको होटल काठमाडौँ ईनको रिसेप्सनमा नै काम गर्दै आएको छु । निज सन्दीप लामिछानेलाई पहिले देखि समय समयमा खेलाडीहरु सहित होटल काठमाडौँ ईनमा आउने गरेकोले चिनेको हुँ । परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई मिति २०७९।०५।०५ गते अन्दाजी २३ः२५ बजेको समयमा सन्दीप लामिछानेसँग होटलमा आएको अवस्थामा देखेको हुँ । यसरी मैले होटल काठमाडौँ ईनमा काम गर्दै आएकोमा मिति २०७९/०५/०५ गते रातीको अन्दाजी २३ः०० बजेको समयमा सन्दीप लामिछानेले होटलको रिसेप्सनमा जडान गरेको ०१४४८२७७७ ल्याण्ड लाईन नम्बरमा फोन गरी को बोलेको हो भनी सोधेकोमा, मैले अनिश बोलेको भने पश्चात् निजले अनिश म होटलमा आउँदै छु, मलाई एउटा कोठा चाहिन्छ, छ, छैन ? भन्दा मैले कोठा छ भनी निजले फोन गरेकै समयमा ४०७ नम्बरको कोठा सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई सरसफाइ गर्न लगाएको थिएँ । त्यसको करिब २०/२५ मिनेटमा सन्दीप लामिछाने गाडी लिई होटल बाहिर आएकोमा म बाहिर निस्की हेर्दा सन्दीप लामिछानेले होटल बाहिर गाडी रोके भने गाडीबाट निजसँग आएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ओर्लिई रिसेप्सनमा आई कोठाको चाबी दिनु भनी मागेकोमा सविन श्रेष्ठले सरसफाइ गरी रिसेप्सनको अगाडीको टेबलमा छाडेको ४०७ नम्बरको कोठाको चाबी दिएको थिएँ । परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले चाबी लिई माथि कोठा जानुभयो भने करिब ५ मिनेट पछि सन्दीप लामिछाने गाडी पार्किङ गरी रिसेप्सनमा आई मलाई के छ भनी हात मिलाई माक्स मागी माक्स लिई होटलको रेष्टुरेन्ट तथा बार तर्फ गएकोमा करिब ५ मिनेट पछि रेष्टुरेन्टबाट फर्किई मिति २०७९।०५।०५ गते रातीको अन्दाजी २३ः३५ बजेको समयमा निज माथि गएका थिए । निज माथि गएको ३/४ मिनेट पश्चात् रिसेप्सनमा फोन गरी कोठाको एसी चलेन, साङ्लाहरु पनि रहेछ भनेकोले मैले सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई ४०७ नम्बरको कोठामा एसी चलेन रे, चेक गर भनी पठाएकोमा सबिन श्रेष्ठ माथि गई २/३ मिनेटमा नै एसी बिग्रेको रहेछ, अहिले बन्दैन भनी फिर्ता आएका थिए । सो पश्चात् सन्दीप लामिछानेले अर्को कोठा चाहियो भनेकोले कोठा चेक गर्दा ३०५ नम्बरको कोठा खाली थियो, मैले निज सन्दीप लामिछानेलाई ३०५ नम्बरको कोठा खाली छ, त्यहाँ गएर बस्दै गर्नु न भनेको थिए । पछि सन्दीप लामिछाने तल रिसेप्सनमा आई ३०५ नम्बरको कोठाको चाबी लिई गई सन्दीप लामिछाने र निज सँगै आएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ३०५ नम्बरको कोठामा बसेका थिए । सो पश्चात् निज सन्दीप लामिछाने तथा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) तल झरेका थिएनन् । सन्दीप लामिछानेको गेष्ट रजिष्टर कार्ड भर्नु पर्नेमा निजले अन्दाजी २३ः०० बजे फोन गरेकोमा मिति, समय, नामथर र राष्ट्रियता सोही समयमा भरेको र रुम नम्बर चाहीँ फिक्स गरेर मात्र भर्ने भनी खाली राखेकोमा रुम नम्बर निजहरू ३०५ नम्बरको कोठामा फिक्स गरी बसे पश्चात् मात्र भरेको हुँ । निज सन्दीप लामिछाने उक्त होटलमा क्रिकेट खेलाडीहरु सहित आउने, जाने, बस्ने गरेका थिए । निज सन्दीप लामिछाने अगाडीका दिनहरूमा होटलमा आउँदा खाली भएका कोठाहरू मध्ये उपयुक्त कोठा हेरी जुनसुकै कोठामा बस्ने गरेका थिए । निज सन्दीप लामिछाने र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) आउँदा राम्रै स्वाभाविक अवस्थामा आई होटल कोठामा बसेका थिए ।
होटलबाट प्राप्त भएको मिसिल संलग्न होटल काठमाडौँ ईनबाट सन् २०२२ अगस्ट २१ मा जारी भएको गेस्ट रजिस्टर कार्ड देखाउँदा देखे, हेरे, उक्त कार्डमा लेखिएको सन्दीप लामिछानेको नामथर, राष्ट्रियता, जारी भएको स्थान मिति र समय सन्दीप लामिछानेले कोठा राखि दिनु भनेको अवस्थामा राखी दिएको हुँ । उक्त कार्डमा भएको महलमा लेखे अनुसारको विवरण भरी होटल कोठामा बस्ने व्यक्तिहरूको परिचय खुल्ने कागजात राख्नु पर्ने हो तर सन्दीप लामिछाने सबैले चिनेको, नाम सुनेको निजको विषयमा सबैलाई जानकारी भएको र निज यस भन्दा अगाडीका दिनहरूमा पनि कहिले काहीँ साथीहरूसँग होटल आउने गरेको साथै निज नेपाली क्रिकेट खेलाडीको कप्तान समेत भएकोले आवश्यक हुँदाको अवस्थामा निजको विवरण उपलब्ध गराउन सकिने हुँदा गेस्ट रजिस्टर कार्डमा अन्य विवरण नभरेको हो ।