‘सन्दीप लामिछाने ब,लात्कारी हो, कानुनले छोडयो भने म अनसन बस्ने छु’: सावित्री सुवेदी

आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बलात्कारी भन्न पछि परेकी छैनन् ।
उनी पटकपटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बलात्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।
उनले भनेकी छिन् – ‘सन्दीप लामिछाने बलात्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु’जबरजस्ती करणीको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको छ ।
सन्दीपले नाबालिकमाथि जबरजस्ती करणी गरेको भन्दै १२ वर्षको जेल सजायको मागदाबी लिइएको छ ।गत भदौ ६ गते बिहान सन्दीपले पिंगलास्थानको होटल काठमाडौँ इनमा लगेर एक १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित किशोरीले सन्दीपले आफूलाई भदौ ६ गतेको बिहान २ पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पिंगलास्थानको उक्त होटलको सिसीटिभी फुटेज र लगबुकमा सन्दीप र पीडित किशोरी कोठा नम्बर ३०७ मा सँगै बसेको पाइएको छ ।
उक्त होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको, स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी समेत किशोरी आफैँले लिएर गएको बताएका छन् ।यस्तो छ, रिसेप्सनिष्ट अनिश श्रेष्ठको बयान