सन्दीपको बयान सुनेर सबै छक्क, भन्छन्- उनी उदास देखेपछि गीत सुनाएर बसेको हुँ

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका प्रतिवादी सन्दीप लामिछानेले आफूले किशोरीलाई करणी नगरेको बयान दिएका छन् ।अधिकारप्राप्त अधिकारीसमक्ष लामिछानेले दिएको बयानमा आफूले होटलको कोठामा किशोरीलाई गीत सुनाएर बसेको बयान दिएका छन् ।
१७ वर्षीय किशोरीले आफूमाथि भदौ ६ गतेको बिहान २ पटक जबरजस्ती करणी भएको भन्दै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
किशोरीले आफ्नो बयानमा सन्दीपले आफूमाथि उक्त रात २ पटक जबरजस्ती करणी गरेको भन्दै बयान दिएपनि सन्दीपले भने आफूले किशोरीलाई करणी नगरेको र राती किशोरी उदास देखेपछि गीत गाएर बसेको बयान दिएका छन् ।
सोही आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गरी अनुसनधान सकेपछि सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सन्दीपले आफ्नो बयानका क्रममा किशोरीले बेडमा आउन आग्रह गर्दा पनि आफू नगएको र आफू कुर्सीमै निदाएको बयान दिएका छन् ।
किशोरीले आफ्नो बयानमा सन्दीपले आफूमाथि उक्त रात २ पटक जबरजस्ती करणी गरेको भन्दै बयान दिएपनि सन्दीपले भने आफूले किशोरीलाई करणी नगरेको र राती किशोरी उदास देखेपछि गीत गाएर बसेको बयान दिएका छन् ।