सन्दीप लामिछाने गुुप्तवासमा, २ दिनको बाटोमा एक हप्तासम्म पनि नदेखिएपछि परिवारले नै खोल्यो मुुख !

सन्दीपले आफूमाथि लागेको ब’लात्का रको आ’रोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको सात दिन बितिसकेको छ। तर विहिबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ।
शुक्रबार उनले आफूमाथि लागेको आ’रोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो।
उनले आफू नि’र्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।
आफूमाथि लागेको सबै आ’रोपहरूको सामना गर्न तयार छु भनेका उनी अहिले सम्पर्कवि’हीन भएका छन्। सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए।
उनलाई वेस्टइन्डिज बाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी अझै फर्किएका छैनन्।
उजुरी परेको १ हप्तासम्म पनि सन्दिप प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले बताए ।
सन्दीप पछिल्लो समय क्यानसँग पनि सम्पर्कमा आएका छैनन्। उनको परिवारले सन्दीप बुधबारसम्म नेपाल आइसक्ने बताएका थिए।
ब’लात्का रको अभि योगमा काठमांडौ जिल्ला अदालतबाट उनका नाममा प’क्राउ पु’र्जी जारी भइसेको पछि उनले आँफु छिट्टै नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने र आँफु र्निदोश समेत रहेको बताएका थिए । उनलाई अध्यागमन विभागले समेत उनलाई का’लो सुचिमा राखेको छ ।
उनले नेपाल आउन फ्लाइटको टिकट समेत बुक गरिसकेका थिए तर पछि पुनः उनले उक्त टिकट रद्द समेत गरेको स्रोतले बतायो ।-नागरिक पत्र