News
७२ सिटको विमानमा एकजना मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

७२ सिटको विमानमा एकजना मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर
काठमाडौं । मंगलबार (१५ कात्तिक) साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव सेयर गरे। काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदैगर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए।
उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। व्यवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पौडेल ७२ सिटको जहाजमा एक्लै यात्रा गरेका हुन्।
कहिलेकाहीँ यात्रुले चाहेर पनि टिकट खरिद गर्न नपाएका हुन्छन्। तर, मंगलबार बुद्ध एयरले एकजना मात्र यात्रु बोकेर विराटनगर पुगेपछि यसको चर्चा भएको हो।
पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज मिति २०७९/०७/१५ काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु। रोमाञ्चक अनुभव’