News

अमेरिकामा रोमान्स गर्दै भुवन र जिया

काठमाडौं । तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् ।ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे । नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे ।

भुवनको अमेरिका भ्रमण फिल्म अवार्ड र घुमघामभन्दा तेस्रो विवाह सम्बन्धी उनको एक अन्तर्वार्ताले चर्चामा आयो । जसको तरंग भारतमा रहेकी उनकी पूर्वपत्नी सुस्मितासम्म पुग्यो । सुस्मिताले यसबारे टिप्पणी समेत गरिसकेकी छन् ।

अमेरिकामा रहँदा भुवन र जिया घुमघाममा निकै रोमान्टिक पनि देखिए । युनिभर्सल स्टुडियो घुम्ने, गल्फ खेल्नेदेखि अन्य रोमान्टिक ठाउँ घुम्नेसम्मका तस्वीर देखिए । जियाले भुवनसँगका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छन् । तेस्रो विवाहको चर्चाबीच यो जोडीको चर्चा अहिले पुनः सुरु भएको छ । भुवनले त चाँडै गुड न्युज समेत आउने बताइसकेका छन् ।

यो पनि पढ्नुहोस
काठमाडौं । काठमाडौंस्थित ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी अभिनेत्री श्वेता खड्काले ‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु नै आफ्नो जीवनको सबैभन्दा ठूलो अवार्ड भएको बताएकी छिन। आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको तस्बिरसहित लामो स्टाटस लेख्दै उनले सो भाव व्यक्त गरेकी हुन।

उनी लेख्छिन,‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती।’

लामो अन्तराल पश्चात् आफ्नो जीवनमा खुसीको अर्को अध्याय थपिएको उनको दाबी छ । ‘खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसंगै जीवनको अर्को पाटो सुरुभएको छ । ’–उनी थप्छिन।

आफ्नो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी आफू प्रती साहनुभुती जनाईदिने सम्पुर्ण आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु प्रती खड्काले आभार ब्यक्त गरेकी छिन।

‘मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र सिहँ रावतलाई मुरी मुरी माया। मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी परीलाई पनि यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’

चलचित्र ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी श्वेताले धनगढीका बिजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी थिइन। विवाह गरेको दुई वर्षपश्चात उनले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।Sorce nepalpress.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email