News

कुरीतिको जालो तोड्दै महिला :आश्रित आमाबुबाको नि,धन हुँदा काँध हालेर श,व बोक्नेदेखि दागबत्ती दिने काम सञ्चालक महिलाले नै गर्दै आएको

तनहुँ । समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन् ।

हिन्दू धर्म परम्पराअनुसार शवकाे सद्‍गद् पुरुषले नै गर्नु पर्छ । अपवाद बाहेक शव बोक्नेदेखि दाहसंस्कार कर्ममा महिलालाई सहभागी गराउन नचाहने सामाजिक परिवेशमा कुरीतिको जालोलाई तोड्दैछन् व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सञ्चालक महिलाहरू ।

याे आश्रम महिलाहरूले मात्रै सञ्चालन गरेका हुन् । आश्रममा आश्रित ज्येष्ठ नागरिकको मृ,त्यु भएपछि शव बोक्नेदेखि सेतीमादी शव दहस्थलसम्म पुर्‍याएर दागबत्ती दिने काममा महिलाहरू नै सहभागी हुन्छन् । आश्रमका सञ्चालक महिलाले सामाजिक परम्परालाई चुनौती दिँदै लैंगिक विभेदको अन्त्य गर्न जुटिरहेका छन् । १ पुस २०७० सालदेखि आश्रम सञ्चालनमा ल्याइएको हो ।

आश्रम सञ्चालनमा आएपछि आश्रित आमाबुबाको नि,धन हुँदा काँध हालेर शव बोक्नेदेखि दागबत्ती दिने काम सञ्चालक महिलाले नै गर्दै आएको आश्रम सञ्चालक समिति सचिव निर्मला मल्ल बताउँछिन् । पितृसतात्मक सोचको अन्त्य गर्न श,व वोक्ने र दागबत्ती दिने अभियानमा जुटिरहेको उनको भनाइ छ ।

‘वृद्धाआश्रम भरसक नखुलोस् भन्ने हाम्रो धारणा थियो । अशिक्षा, गरिबी र चेतनाका कारणले आमा बुबालाई हेला गर्ने प्रवृत्ति समाजमा बढ्यो । त्यसो हुँदा हामी महिला दिदीबहिनी चुलो चौकामा मात्र सिमित नभएर सामाजिक काम गरौँ भनेर आश्रम सञ्चालनको अभियानमा जुट्यौँ । हामीले पालनपोषण गरेपछि उहाँहरूको मृ,त्युमा अन्तिम दाहसंस्कार पनि गर्नुपर्छ भनेर लाग्यौँ’ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email