News

४ वर्षमा हराएकी छोरी २४ वर्षपछि फेला पर्दा खुशीले पटक पटक रोए यि बाबु, छोरी दुई सन्तानकी आमा समेत बनीसकेकी रहिछन् ( भिडियो )

एजेन्सी । छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबुआमा कति खुशी होलान् ? चीनका एक बाबुले आफ्नी छोरी हराएको २४ वर्षपछि फेला पारेपछि खुशीले रोएका छन् ।

चार वर्षकी छोरी हराएका ती बाबुले अन्ततः दुई सन्तानकी आमा बनिसकेकी छोरी फेला पारेपछि निकै भावुक भए । सन् १९९४ मा वाङ मिङचिङ नामक व्यक्ति र उनकी पत्नी लिउ देङयिङ चेङ्दुको सडक किनारामा बसेर फलफूल बेच्ने गर्दथे।

एक दिन वाङ खुद्रा साट्न गएका बेला चार वर्ष पुग्न १० दिन मात्र बाँकी रहेकी उनीहरुकी छोरी वाङ चिफेङ हराएकी थिइन्। छोरी खोज्न उनीहरुले कुनै कसर बाँकी राखेनन् तर पनि समयमा भेटेनन् ।

अन्तत छोरी हराएको २४ वर्षपछि फेला पारे । कतिसम्म भने कुनै दिन हराएकी छोरी आफूहरुलाई खोज्दै आउने आशामा उनीहरुले सो इलाका पनि कहिल्यै छोडेनन्।

हराएकी छोरी, जो अहिले काङ यिङको नामले चिनिन्छिन्, ले आफूसँग मिल्ने तस्वीर देखिन् र छक्क परिन्। अन्ततः हराएको २४ वर्षपछि आफ्ना दुई सन्तानसहित उनी बुबालाई भेट्न आइपुगेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email