रोमानियामा मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृ’त्यु

म्याग्दी — वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना रोमानियाले दिएको जानकारी अनुसार
पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
यो पनि पढ्नुहोस काठमाडौं । अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।
श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ ।ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् ।
श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् । उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् ।
श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’
केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि अनलाइनखबरसँग कुरा गदै उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।