News

बसको झ्यालबाट टाउको नि’कालेका आयुषमानको रुखमा ठोक्किएर मृ’त्यु

काठमाडौं – बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको छ । ज्यान जानेम १३ वर्षका आयुषमान दाहाल रहेका छन् ।स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका उनको पचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस – समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन् भन्दै आक्रोशित बनिन् सरिता : रौतहट । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन् । धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन् ।

‘तपाईंहरु पनि भोट माग्न आएको कि,’ हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘मलाई त नेता देख्यो कि रिस उठ्छ ।’ पति वैदेशिक रोजगारीमा गएकाले सन्तानसहित खेतमा धान काट्दै गरेकी सरितादेवीले समयमा मल पाएको भए उत्पादन दोब्बर हुने सुनाइन् ।

‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्,’ उनले भनिन्, ‘महँगो मल किन्न नसक्दा अहिले धान कम फलेको छ ।’ सामान्यतया प्रतिकट्ठा पाँच मन फल्ने गरेको खेतमा तीन मन पनि मुस्किलले पुग्ने उनले सुनाइन् ।

उनको जस्तै आक्रोश छ, दुर्गाभगवती गाउँपालिकाका आत्माराम शाहको पनि । पाँच मन फल्ने खेतमा दुई मन मात्र धान फलेपछि उनी पनि आक्रोशित देखिए ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

‘खेतीको समयमा हामीले मलका लागि सबैलाई आग्रह गर्‍यौं, कसैले चासो देखाएनन्,’ उनले भने, ‘अहिले चुनावको बेलामा चाहिँ खेतमै आएर भोट माग्दैछन् ।’ चाहिएको बेला मल दिन नसक्नेले अहिले आश्वासन दिएर झुक्याउँदै गरेको उनले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email