News

सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी श्रीमतीले श्रीमानलाइ मध्यरातमा फोन गर्दै भनिन्,….

हरेक मध्येरातमा एक नम्बरबाट उनलार्ई मिसकल आइरहेको हुन्छ, तर कसको नम्बर होला भनी उनी फोन फर्काउँदैनन् बरु कसैको नम्बर झुक्किएर आयो होला भन्ने सोच्छन् ।एक दिन होइन दुई दिन, तीन दिन लगातार मिसकल आइरहेको हुन्छ । सातौँ दिनको मध्यरातमा फेरि मिस कल आउँछ र उनकी छोरीले ‘बाबा हजुरको नम्बरमा मिलकल आइराछ’ भन्छिन्,

तर ‘कसैले झुक्किएर गरेको होला, छोड्देउ छोरी’ भन्छन् उनी । बाबा, छोरी, छोरा सबै सुत्छन् । सोही रात फेरि मिसकल आउँछ । ’अब त भएन है यसलार्ई थर्काउनु पऱ्यो भन्दै छोरी र छोराले फोन फर्काउन खोज्छन्, बाबाले फोन लिँदै ‘म कुरा गर्छु को रहेछ यति राति सधैं मिस कल गर्ने’ भन्छन् ।

र, उनी फोन गर्छन् । उताबाट आवाज आउँछ- ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’ यो शब्द सुनेर उनी झस्किन्छन् ।आवाज चिनेको जस्तो पनि लाग्छ, जवाफ फर्काउँछन–‘तपाईं को हो ?

फेरि मलाई प्रेसर छ या छैन तपाईंलाई जानकारी कसरी ?’ जवाफ आउँछ- ‘म उही हुँ… हजुरसँग सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी व्यक्ति ।’सम्बन्ध विच्छेद भैसकेकी आफ्नो पूर्वपत्नीको आवाज सुनेर उनी मौन हुन्छन् ।

छोराछोरीले ‘बाबा को हो ? किन यति राति फोन गरेको ? फेरि महिलाको आवाज छ’ भन्दै जिज्ञासा राख्छन् ।बच्चाहरूको प्रश्नको जवाफ उनले दिन चाहेनन्, ‘सुत तिमीहरू.. यति रात भैसक्यो’ भन्दै मोबाइल अफ गर्छन् र सबै सुत्छन् ।

तीनैजना एकसाथ चियाखाजा खाँदैछन् । छोराछोरीलाई कौतुहलता हुन्छ, बाबालाई राति कसको मिसकल आउँछ भनेर बुझ्नलार्ई, र हिम्मत गरेर सोध्छन्-‘बाबा हजुरलाई कसको मिसकल आउँछ मध्यरातमा.. हामीलाई भन्नुस् न, फेरि हामी खाना पनि खाँदैनौँ नि !’

बच्चाहरू जिद्दी गर्छन् । उनीहरूको जिद्दीको अघि बाबाको केही चल्दैन । उनी वास्तविकता खोल्न बाध्य हन्छन्– ‘मध्यरातमा सधैं मिस कल आउने तिमीहरूको आमाको हो ।’बच्चाहरू झस्किन्छन् । ‘बाबा.. किन मामुले हजुरलाई मिसकल गरेको ? उहाँले हजुरसँग सम्बन्ध विच्छेद गरेर अर्कैसँग विवाह गर्नुभएको होइन र ? हामीलाई थाहा छ । अहिले किन मिसकल गरेर दुःख दिएको होला ?’

छोराछोरीको कुरा सुनेर बाबा भन्छन्, ‘हेर.. तिम्री आमाको सम्बन्ध मसँग विच्छेद भएको हो तिमीहरूसँग होइन, आमा हो ! तिमीहरूले मानमर्यादा राख्नैपर्छ ।’तर छोराछोरी कुनै हालतमा मान्दैनन् । ‘कस्तो दुःखमा बाबा हजुरलाई मामुले छोडेको हो हामीलाई थाहा छ, फेरि पनि हजुर हामीलाई सम्मान गर्न सिकाउनुहुन्छ !’ छोरी रिसाएजस्तो भाव प्रकट गर्दै भन्छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email