News

बलिवूड अभिनेताको निम्तोमा मुम्बइ पुगेका प्रदीप खड्का प्रिमियरमा सोनाक्षीसँग देखिए, प्रदीपको खुलेर तारिफ गरिन् सोनाक्षीले

काठमाडौं । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा अभिनेता प्रदीप खड्का पनि सहभागी भएका छन् । उनी उक्त फिलमका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदिप सहभागी भएको बताइएको छ ।

रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले फिल्मको मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए ।

प्रिमियरपछि आयोजित होम पार्टीमा प्रदीप र सोनाक्षी बीच कुराकानी भएको बताइएको छ । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र रु भनेर जिज्ञासा राखेकी थिइन् ।

‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको प्रटै देखिएको छ । प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव गरेको बताइएको छ ।

प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज भएको थियो । सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email