गीत गाउन मात्र होइन, घरायसी काममा पनि उस्तै अब्बल थिइन समिक्षा (भिडियो सहित)

गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा ना’यिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।
१४ वर्षको उमेरमा चलचित्र नाई नभन्नू ल ५ मा समावेश बालापनको उमेर बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको केहि समय अगाडी एउटा अनलाइनलाइ बताएकी थिइन् ।
बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् । उनले भनिन चलचित्रमा नायिका भएर अभिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।
उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् । समीक्षाले भनिन अहिले त गायनलाई नै प्राथमिकता दिइरहेकी छु । त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । प्लस टु वा ब्याचलर सकेपछि नासउका बन्ने सोच हो ।
समीक्षाले बालापनको उमेर’पछि गाएका माया मा’रेर आधि कपाल नबोली नबोली पछयौरी लिस्यो लगायतका गीत चर्चित छन् । समिक्षाले आफूले कहाँ आउँछ र घुमेर बोलको गीत गाएपछि मिडियाले खासै नखोजेको र अहिले खोजिएको बताइन् ।
उनले, आफू भाइरल भन्दा पनि स्थायी गायिका बन्न चाहेको खुलाइन् । भिडियोमा अभिनय गर्दा आफूलाई लाज लागेको उनले सुनाइन् । केहि बर्ष अघि कतारमा काम गर्दै आएका उनका पिता छोरीको गीत भाइरल भएपछि नेपाल आएका हुन् ।
समिक्षाको घर कस्तो छ परिवार कसरि चलेको छ ? समिक्षा गायनमा मात्र हैन उनले घरायसी काम पनि उत्तिकै रुचिका साथ् गर्ने गरेको यो तलको भिडियोमा देख्न सकिन्छ हेर्नुहोस भिडियोमा