Entertainment

नायिका पूजा शर्मा विवाहको तयारीमा, छिट्टै नयाँ ब्यबसाय पनि सुरु गर्ने । हेर्नुहोस

अभिनेत्री पूजा शर्मा एक महिनाभन्दा लामो समयपछि पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ । सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।
फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विवाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिज लगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email