Video

पाँच वर्षभित्र बिरामीले उपचारका लागि एक रुपैया खर्च गर्न नपर्ने देश बनाउँछौंः डा.तोसिमा कार्की (भिडिओ सहित)

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलकी सदस्य डा तोशिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन

आयोगलाईअन्तरिम आदेश दिएको थियो।कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको हो।

सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदकलाई सम्भावित अपूरणीय क्षति भएको जनाउँदै उक्त मुद्दाको अन्तिम निर्णय नभएसम्म

उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रतिवादीको नाममा अन्तरिम आदेश जारी गरिएको छ।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा ललितपुर–३ बाट संघीय संसदमा उम्मेदवार छन्।

कार्कीले निर्वाचन आयोगको असोज २९ गते उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता ललित बस्नेत, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, गोकुल भण्डारी र मधुकुमार चौलागाईले आफ्नो पक्षमा बहस गरेका थिए।

कार्कीले मेडिकल काउन्सिलको निर्वाचित सञ्चालक समितिको सदस्यको हैसियतले आफ्नो पद लाभको पद हो वा होइन भन्ने स्पष्ट पार्न माग गर्दै कार्कीले भदौ १३ गते दिएको निवेदनमा मौन

बसेको निर्वाचन आयोगले उनलाई सहज हुने गरी निर्णय गरेको हो। चुनाव लड्ने कि नगर्ने भन्ने निर्णय गरेपछि अक्टोबर २९ मा अचानक उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

यसरी उनले चुनाव लढ्न पाउने भएपछी उनी ज्यादै खुशी छिन्। भन्छिन्, म स्वस्थ्य क्षेत्रमा ठूलो सुधार गरेर देखाउनेछु। पाँच वर्षभित्र बिरामीले उपचारका लागि एक रुपैया खर्च गर्न नपर्ने देश बनाउँछौं।’ हेर्नुहोस यो भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email