News

सांस्कृतिक कार्यक्रममा समीक्षामाथि ढुङ्गा प्रहार

सांस्कृतिक कार्यक्रममा समीक्षामाथि ढुङ्गा प्रहार

संखुवासभाको खाँदबारी-६, पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा गित गाईरहेकि कलाकार समिक्षा अधिकारीलाई ढुङ्गा प्रहार गरिएको छ। ढुङ्गा प्रहार पछि समिक्षाले स्टेज बाटै भनिन् ‘यसो नगरिदिनुस् तपाईको घरमा पनि दिदि बहिनि होला, दुई चार जना नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि।’

र यो पनि-समिक्षा अधिकारीले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् : टिकटमा ल्याइन् यस्तो भिडियो काठमाडौं । गायिका समिक्षा अधिकारीले भर्खरै मात्र आफ्नो टिकटक भिडियोमा पल शाहको फोटो टाँसेकी छिन् । यसले उनले अभिनेता पल शाहलाई भुल्नै सकेकी छैनन् भन्ने देखाउँछ ।

स्टुडियोमा बसेर समिक्षाले तपाई कुन नेपाली कलाकार जस्तो हुनुहुन्छ ? भन्ने टाइटलको टिकटक इफेक्ट चलाउँछिन् । त्यस क्रममा अधिकांश चलेका कलाकारहरुको तस्वीर तास फिटिए जस्तै फिटिन्छ।

अन्तिममा अभिनेता पल शाहको तस्वीर रोकिन्छ । तपाई पल शाह जस्तो देखिनुहुन्छ भन्ने त्यो इफेक्टको ठम्याई थियो । त्यसपछि समिक्षाले आफू चकित भएको जस्तो रियाक्शन दिन्छिन् । मुसुक्क हास्छिन्पनि । पल शाहलाई जिस्क्याए जस्तो रियाक्टपनि उनको आउँछ ।

यो र्याण्डम नेपाली एक्टर्सबाट आउँछ । पल शाह नै आएपछि उनले त्यो भिडियो पब्लिक नगर्नपनि सक्थिन् । तर लाईभ रियाक्शन सहित उनले त्यो भिडियो टिकटकमा पोष्ट गरिदिइन् । त्यसपछि कमेण्टमा गाली र ताली दुबैको ओइरो लाग्न थाल्छ । गाली गरेका कमेण्टहरु फटाफट डिलिट गरेर समिक्षाले कमेण्ट लिमिट गरिदिइन् ।

राखिएका १६ वटा कमेण्टमा लभ यू वोथ बन्ने र केही सांकेतिक मात्र छन् । उनले यो भिडियो यो समाचार तयार पार्दा भन्दा दुई दिन पहिले अपलोड गरेकी हुन् । अपलोड गरेको दुई दिनमा नै ४.१ एम भ्यूज आइसकेको छ ।

यसले समिक्षाले अझैपनि पललाई विर्सिन सकेकी छैनन् भन्ने देखिन्छ । पल र समिक्षाले धेरै वटा गीत सँगै गरेका छन् । समिक्षाले गायका केही गीतमा पलले मोडलिङ गरेका छन् ।

समिक्षाले गीतमा स्वर भर्नुका साथै केहीमा आफै अभिनय समेत गरेकी छिन् । पल शाह अहिले सार्वजनिक अपराधको कसूरमा जेल जीवन विताइरहेका छन् । समिक्षा फेरी सांगीतिक दुनियाँमा फर्किदै छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email