News

सन्दीप लामिछाने सिंगापुरमा ,घिमिरेलाई सिंगापुर बोलाएर अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गर्दै

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सिंगापुर पुुगेका छन् । जब’रजस्ती क’रणको आ’रोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने भएका छन् ।नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका छन् । उनी नेपाल आएर आफूले कानुनी लडाईं लड्ने बताएका थिए ।

त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि सम्पर्कमा नरहेको जनाइएको छ । उनी अहिले पनि विदेशमै रहेका र त्यहाँ कानुनी परामर्श गरिरहेको बताइएको छ । सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका अधिवक्ता सरोज घिमिरे अहिले सिंगापुर पुगेका छन् । सिंगापुरमा घिमिरेले अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गरिरहेको बुझिएको छ ।

यसैगरी सन्दीपका एजेन्ट पाकिस्तानी खेल विज्ञ अला रहमान तलवानीसँग घिमिरेले छलफल गरेर काठमाडौं फर्कने बुझिएको छ । घटना पछि त’नावमा रहेका सन्दीप कतै नभागेको र उनी केही दिनमा काठमाडौं आइपुग्ने बताइएको छ ।

यता, चितवनका पूर्व क्रिकेट खेलाडी तथा भरतपुर क्रिकेट क्लबका सल्लाहकार मनिष सापकोटाको अध्यक्षतामा सन्दीप बचाऊँ अभियान पनि सुरु गरिएको छ । भदौ ५ गते भएको घटनालाई लिएर भदौ २१ गते उनी क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक ना’वालिकाले गौशाला प्रहरी बृ’त्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो ।लामिछानेको कमाइ कति ?

१- आइपीएल
२०१८ को जनवरी अन्तिममा सन्दीपलाई आइपिएलको अक्सनबाट दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल)उनको आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गर्दै कुनै पनि अन्तर्राष्ट्रिय लिग खेल्ने पहिलो नेपाली खेलाडी बनायो।

दिल्लीले आफ्ना सुरुवाती ११ खेलमा सन्दीपलाई बेञ्चमै राखेको थियो। त्यतिञ्जेलसम्म दिल्लीको प्लेअफ सम्भावना सकिनुका साथै लगातारको हारपछि उसका कप्तान गौतम गम्भी’रले पनि राजिनामा दिएका थिए।

युवा खेलाडी श्रेयस ऐय्यरको कप्तानी गरेको १२ औं खेलमा सन्दीपले मौका पाए। विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चदै सन्दीपले पार्थिव पटेलको विकेट लिएका थिए।

त्यसपछि सन्दीपले अन्तिम दुई खेल पनि खेले। महेन्द्रसिंह धोनीको चेन्नाई सुपरकिंग्सविरुद्धको खेलमा सन्दीपले अझै कसिलो बलिङ गरे। सो खेलको ४ ओभरमा २१ रनमात्रै खर्चेर सन्दीपले सुरेश रैनाको विकेट लिएका थिए।

मुम्बई इण्डियन्सविरुद्धको अन्तिम खेलमा सन्दीप चम्किए। उक्त खेलमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। सन्दीपले सूर्यकुमार यादव, किरण पोलार्ड र कुन्रल पाण्ड्याको विकेट लिएका थिए। समग्रमा आइपिएलको ३ खेलबाट ५ विकेट लिएका सन्दीपले त्यसपछि भने विभिन्न अन्तर्राष्ट्रिय टि–२० का लागि विश्व भ्रमण गरे।

२- क्यारिबियन प्रिमियर लिग
२०१८ मार्चमा सन्दीपलाई वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग ९सीपीएल० टोली सेन्ट् किट्स एण्ड नोभिस प्याट्रियोट्सले ५ हजार डलरमा अनुबन्ध ग¥यो। सीपीएलमा ५ खेल खेलेका सन्दीपले ७ विकेट लिए। सेन्ट किट्स एण्ड नोभिसमा टोलीमा उनी सबैभन्दा कम खर्चिला बलर बनेका थिए। उनको इकोनोमी ६.२३ थियो।

३- ग्लोबल टि–२० क्यानडा
गतवर्ष भएको ग्लोबल टि–२० क्यानडाको उद्घाटन संस्करणमा सन्दीपले मोन्टोरियल टाइगर्सबाट खेले। ४० हजार अमेरिकी डलर तिरेको टोलीका लागि सन्दीपले ५ खेल खेल्दै ८ विकेट हात पारे।

४- अफगानिस्तान प्रिमियर लिग
अफगानिस्तान प्रिमियर लिगमा सन्दीपले नाग्राहर लियोपार्डबाट एक खेल मात्रै खेले। उक्त खेलमा दुई विकेट लिएका सन्दीपलाई टोलीले ड्राफ्टमार्फत १५ हजार अमेरिकी डलर ति¥यो।

५- युएईको टी–१० लिग
यूएईमा भएको टि–१० लिगमा सन्दीपले केरला नाइट्सबाट ६ खेल खेल्दै ६ विकेट लिएका थिए। केरलाले सन्दीपलाई ३५ हजार अमेरिकी डलर ति¥यो।

६-अस्ट्रेलियाका बिगबास लिग
फाइनलिस्ट टोली मेलबर्न स्टार्सबाट अस्ट्रेलियाको बिगबास लिग खेलेका सन्दीपले ८ खेल खेल्दै ११ विकेट लिए। अन्तर्राष्ट्रिय फ्रेन्चाइजी क्रिकेटमा सन्दीपले बिगबासबाट मात्र फाइनल खेलेका हुन्। त्यसका लागि टोलीले उनलाई ६० हजार अस्ट्रेलियन डलर तिर्यो।

७- बंगलादेश प्रिमियर लिग
सम्झौताअनुसार बिगबास लिगका सुरुवाती चार खेल खेलेर बंगलादेश प्रिमियर लिग खेल्न आएका सन्दीपको प्रदर्शन यो लिगमा भने खासै गतिलो भएन। सिल्हेट सिक्सर्सबाट ६ खेलमा सन्दीपले ४ विकेट मात्रै लिए। यसमा उनले पाएको पारिश्रमिक खुलाइएको छैन।

८- पाकिस्तानी सुपर लिग
पाकिस्तानी सुपर लिगमा सन्दीपलाई गोल्ड क्याटागोरीबाट लाहोर कलन्दर्शले टोलीसँग अनुबन्ध ग¥यो। उक्त क्याटागोरीका खेलाडीको पारिश्रमिक ५० हजार देखि ७० हजार अमेरिकी डलरसम्म हुन्छ। सन्दीपले लाहोरबाट ७ खेल खेल्दै ११ विकेट लिएका थिए।

यो बाहेक उनी सानिमा बैंक, एनसेल, सिप्रदी ट्रेडिङ, जेभियर कलेज, को बन्छ करोडपति ९नेपाल संस्करण०को ब्रान्ड एम्बेस्डर हुन्। यी कम्पनीहरुबाट उनले पाउने रकम छुट्टै रहेको छ।
-श्रोत ःनागरिक पत्र

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email