मान्छेले भनेको सबै मान्ने कुकुर/ट्वाइलेटमा दिशा पिसाब गर्छ,दाँत माझ्छ,कुखुरा बाख्रा चराउँछ/सबै चकित :- हेर्नुस् भिडियो सहित

मान्छेले भनेको सबै मान्ने कुकुर/ट्वाइलेटमा दिशा पिसाब गर्छ,दाँत माझ्छ,कुखुरा बाख्रा चराउँछ/सबै चकित :-
कृपया यो पनि पढ्नुस : ब्रान्डले थिचिएकी मानुषी र ब्रान्डिङ नभएका श्यामको प्रतिस्पर्धा निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सुरु हुनुअगाडि नै काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवारहरूले एकसरो मत मागिसकेका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार आकर्षण पोखरेलले त स्थानीय चुनावकै बेलादेखि भोट माग्न थालेको बताउँछन् । स्वतन्त्र र साना दलका उम्मेदवार जस्तै ठूला दलका उम्मेदवारहरूले पनि मत मागिरहेका छन् ।
तर निर्वाचन आचारसंहितालाई ध्यान दिनुपर्ने भएकाले उनीहरूले खुलेर प्रचारप्रसार गरेका छैनन्, अनौपचारिक घरदैलोमा सीमित छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामप्रसाद घिमिरे उम्मेदवार छन् । मानुषी र श्याम घिमिरे दुवै घरदैलो अभियानमै छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार रहेका पूर्वमन्त्री राजेन्द्र श्रेष्ठका समर्थकहरूले पनि मत मागिरहेका छन् । नागार्जुन नगरपालिका ३ का ६२ वर्षीय बुद्धिमान लामा, स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार तीव्र पारेपछि ठूला दलहरू पनि दबावमा परेको बताउँछन् । ‘साना र स्वतन्त्र उम्मेदवार घरघर एकसरो आइभ्याए । ठूलालाई पनि साना र स्वतन्त्रको डर भए जस्तो छ’ लामा भन्छन्, ‘अहिले त ठूला दलका उम्मेदवारहरू पनि घरदैलोमा निस्किएका छन् ।’
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका चार वडा (१६, १७, १८ र २५), नागार्जुन नगरपालिकाको तीन वडा (१, २ र ३) र तारकेश्वर नगरपालिकाको तीन वडा (४, ५ र ६) पर्छ । काठमाडौं महानगरको वडानम्बर १६ सोह्रखुट्टे क्षेत्र हो । १७ क्षेत्रपाटी, १८ नरदेवी र २५ जनवहाल क्षेत्र पर्छ । यी क्षेत्रहरूमा रैथाने नेवार समुदायको बाहुल्य छ । स्थानीय ज्ञानबहादुर केसीका अनुसार, कोर सिटीमा करिब ६० प्रतिशत रैथाने र बाँकी अन्य जिल्लाबाट आएकाहरू बस्छन् ।नागार्जुन र तारकेश्वरमा भने नुवाकोट, धादिङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, मकवानपुर लगायतबाट आएकाहरूको बसोबास छ भने वैदेशिक रोजगारीबाट फर्किएका र पूर्व प्रशासकहरू धेरै छन् ।