News

पशुमा पनि यति धेरै चेतना, आफ्नो मालिकको मृत्यु हुने थाहा पाएको घोडाको क्रियाकलापले सबैको आँखा रसाए

आमालाई भगाएर लैजाने मन्ह्यारको घरमा पुगे।तर, सानैमा बिछोडिएकाले उनीहरूले आफ्नी आमालाई चिनेनन्।

मन्ह्यारले उनीहरूलाई रातभरि घर हेर्नुपर्ने काम दिएको थियो। हरेक रात कान्छोलाई निन्द्रा लाग्न थालेपछि जेठोले आफ्नो भाइलाई कहानी सुनाउँथ्यो।एक रात भाइ उँघ्न थालेपछि दाइले भन्यो, ‘सधैँ मैले तँलाई अरूको कथा सुनाएँ। आज म तँलाई आफ्नै घरको कथा सुनाउँछु।’

उसले कथा भन्न थाल्यो–‘हाम्रो बुबाको कपासको घोडा थियो। त्यो घोडामा चढेर आकाशमा उड्दै बुबा हाम्रो मामाघरमा पुग्नुभयो। त्यहाँ आमा र बुबाको माया बस्यो।

त्यसपछि उहाँहरूको बिहे भयो। म त्यहाँ जन्मिएँ। तँ गर्भमा थिइस्। त्यसपछि आमाले बुबालाई हाम्रो घरमा जान अनुरोध गरेपछि बुवाले हामीलाई घोडामा बसालेर लैजाँदै गर्दा तँ जन्मिन थालिस्।

अनि, बुबाले घोडालाई एउटा टापूमा बसाल्नुभयो। आगो लिन जाँदा घोडामा आगो लागेर बुबा उतै समुद्रमा हराउनुभयो। आमालाई एउटा मान्छेले समातेर लग्यो।

अनि, तँ र म मात्र रह्यौँ। त्यसपछि हामीलाई पाल्ने यी बूढी आमैले हामीलाई लिएर आउनुभयो। अब हाम्री आमा उनै हुन्। हामीले उहाँको सेवा गर्नुपर्छ।’’

हरेक दिन उनीहरूको कथा बन्धक भएकी राजकुमारी ९उनीहरूकी आमा० ले सुनिरहेकी हुन्थी। तर, उसलाई ती आफ्ना छोरा हुन् भन्ने थाहा हुँदैन।

त्यस दिनको कथा सुनेर भने उसले थाहा पाई। आफ्ना छोराहरूको अवस्था थाहा पाएर रुन थाली। तर, उसले ‘म तिमीहरूको आमा हुँ’ भन्न सकिन।

उसको मनमा कुरा खेल्यो– ‘छोराहरूले यस्तो दुःख गरेको हेर्नुभन्दा यिनीहरू मरे`कै जाती ’ बाल्यकालमा आफूले माया दिन नसकेर अलपत्र बनेका छोराहरूले आज दुःख झेल्नुपरेको देख्दा उसलाई नमज्जा लाग्यो।मन्ह्यारलाई ‘मलाई नोकरहरू मन परेनन्’भन्दै आफ्नै दुई छोरालाई मार्न आग्रह गरी। मन्ह्यार राजी भयो।

उसले राति नै उनीहरूलाई फाँ`सी दिने ठाउँमा लिएर गयो। फाँ`सी लगाउने ठाउँमा राजकुमार (उनीहरूको बुबा) काम गथ्र्यो। बुबा र छोराहरू आमनेसामने हुँदा पनि एकअर्कालाई चिनेनन्।राजकुमारले सोचे– ‘यति राम्रा बच्चा छन्। यिनीहरूलाई मा|र्नुभन्दा पहिले यिनी`हरूको कुरा त सुनौँ।’

‘तिमीहरूले के गल्ती गर्‍यौ र, यसले मा|र्न ल्यायो’ बच्चाहरूसँग उसले सोध्यो। ‘हामीले केही गल्ती गरेका छैनौँ,’ बच्चाहरूले भने।

दाजुभाइले आफ्नो कथा राज`कुमारलाई सुनाउन थाले।राज`कुमारले उनीहरू आफ्ना सन्तान भएको थाहा पाए। मन्ह्यार`लाई ‘तपाईंकी बूढीलाई लिएर आएपछि फाँ`सी दिउँला’ भन्दै पठाए।

उसले बन्दी बनाएर राखेको राजकुमारीलाई लिएर आयो। राज`कुमारी आएपछि भने राज`कुमार र दुई छोरा`हरूको पनि परिचय खुल्यो।

राज|कुमारीलाई बन्धक बनाएको र आफ्नो परिवार ध्व`स्त पारिदिएको भन्दै सबै मिलेर मन्ह्यारलाई फाँ`सीमा चढाइदिए।लामो समयपछि परिवार`को मिलन भयो। सबै जनाको हर्षको सीमा रहेन। राजकुमार परिवारलाई लिएर दरबार फर्कियो।

आफ्ना सन्तानको लालापालन गर्ने बूढीलाई पनि राजकुमारले दर`बार लग्यो। सबै जना खुशी र सुखी भएर बस्न थाले। यो कथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करण बाट लिईएको हो । संकलन – इन्द्र चौधरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email