News

सागर ढकाललाई डडेल्धुरामा प्रचार गर्न रोक, सबै प्रशासन शेरबहादुरको मुनि छ

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।

उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् । “मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ ।

मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ,” उनले लेखेका छन्, “शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।”

उनले भनेका छन् – मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।

उता गृह जिल्ला डडेल्धुराको चार दिने बसाइँपछि धनगढी झरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेता, कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । आइतबार साँझदेखि धनगढीस्थित निजी निवासमा बसिरहेका कांग्रेस सभापति समेत रहेका देउवाले कैलाली कांग्रेसभित्रको असन्तुष्टिलाई केन्द्रमा राखेर भेटघाटलाई तीव्र बनाएका हुन् ।

देउवाले आइतबार बेलुकीदेखि नै असन्तुष्ट नेता, कार्यकर्ता तथा बागी उम्मेदवारी दिएकालाई बोलाएर छलफल गरिरहेका छन् ।‘प्रधानमन्त्री ज्यूले कैलालीको अगामी निर्वाचनको सम्भावित परिणामबारे चासो व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्रको असन्तुष्टीले धेरै ठाउँमा समस्या पार्ने देखेपछि नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ,।

एक नेताले भने, ‘निर्वाचनमा सशक्त रूपमा खटेर गठबन्धनलाई सफल पार्न लाग्न निर्देशन दिइरहनुभएको छ ।’देउवाले क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि भेटेका छन् । भेटमा उनले उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्र्दै गठबन्धनलाई सहयोग गर्न जोशीलाई आग्रह गरेका थिए तर जोशीले भने ढिलो भइसकेको जवाफ फर्काएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email