News

जेरीको सौता भन्दै शंखर संगको फोटो भाईरल भएपछि विवादमा आएकी गायिका आशा बिसि मिडियामा वास्तविकता एस्तो (भिडियो सहित)

जेरीको सौता भन्दै शंखर संगको फोटो भाईरल भएपछि विवादमा आएकी गायिका आशा बिसि मिडियामा वास्तविकता एस्तो (भिडियो सहित)

जेरीको सौता भन्दै शंखर संगको फोटो भाईरल भएपछि विवादमा आएकी गायिका आशा बिसि मिडियामा वास्तविकता एस्तो। यो पनि पढ्नुहोस भिडियो समाचारकाे अन्त्यमा राखीएको छ। आफ्नी पत्नी बबिता बानियाँ (जेरी)विरुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् । मुद्दा दर्ता भए पनि उनीहरुबीच डिभोर्स भने भइसकेको छैन । यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् ।
सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डिभोर्सको निर्णयमा पुगेको बताएका छन् ।

यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन । परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झगडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् । उनले केस फाइल गर्दैमा आफूले नै डिभोर्स चाहेको भन्न नहुने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’ शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् ।

उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् । शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् । उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email