५५ केजीको माछा कालिगण्डकीको रिँडीमा, नाम्लोले बोकेर बजारमा बेच्न (हेर्नुस् भिडियो सहित )

काठमाडौँ– माछालाई दाउरलाई जसरी बोकेर बजारमा बेच्न लगेको कहिल्यै देख्नु भएको छ ? माछा नाम्लोले भारी बोकेझै बोकेर एक ब्यक्ति हिँडेको तस्विर भाइरल बनेको छ । यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको बताइएको छ ।
स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ ।पछिल्ला दिनमा यो माछाको तस्विर निकै नै भाइरल बनिरहेका बेला कतिपयले यसलाई संखुवासभाको सभा खोलामा मा रे को भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
तर, यसको वास्तविकता भने कालिगण्डकीको रिँडीमा समातिएको हो ।त्यसै कहिलेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् । जनावर र पंक्षीले दुरुस्तै मानिसको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र ? यस्तै दृश्य अहिले ट्वीटरमा भाइरल बनिरहेको छ ।
जहाँ एउटा चराको भिडियो अहिले निकै चर्चामा छ । केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला ९गारगल० गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ ।भाइरल भिडियोमा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ ।
यो भिडियो ट्विटर प्रयोगकर्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमाइलो दृश्य देखेर तपाईको पनि हाँसो थामिने छैन