बाख्राको पाठाले पहिलो पटक राख्यो विश्व किर्तिमानी, विस्वभरि मच्चियो हलचल

एउटा बाख्राको पाथाले बिस्व किर्तिमान कायम गरेको छ । पाकिस्तानमा जन्मेको “सिम्बा” नामक १३ दिने बाख्राको पाठाले विश्व कीर्तिमान कायम गरेको हो । उसले राखेको कीर्तिमान विश्वको सबैभन्दा लामो कान भएको बाख्राको बच्चा अर्थात पाठाको भन्ने रहेको छ । सिम्बाको कानको लम्बाई ४८ सेन्टिमिटर (लगभग १९ इन्च) छ भने हेर्दाखेरी चर्चित कार्टुनको पात्र डम्बो हात्तीजस्तो देखिन्छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म कुकुरबाहेक बाख्राहरूको लामो कान भएको रेकर्ड सूचीबद्ध छैन,त्यसैले सिम्बाको रेकर्ड पहिलो हुन सक्ने जनाइएको छ। बाख्राको पाथाले पहिलो पटक कायम राखेको बिस्व किर्तिमानिले बिस्वभर हलचल मच्चारेको छ।
यो पनि पढ्नुस शिशुको टाउको काटेर गर्भमा छोडिदिएपछि…पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ । उक्त घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।
‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान ९एलयूएमएचएस०का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।
अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए । ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।
सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए ।