News

इटहरीकी रमाले जन्माइन तिम्ल्याहा छोरी

विराटनगर :

सुनसरीको इटहरी-२० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले आफ्नो पहिलो सन्तानका रूपमा तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्।

गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल्याहा छोरी जन्माएकी हुन्।

आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले छोरी जन्माएकी हुन्। हाल आमा र तीनवटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरूको तौल सामान्यभन्दा निकै कम थियो। एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो।

हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरूको अवस्था सामान्य छ।

अस्पतालकी वरिष्ठ स्त्री, प्रसुति तथा निःसन्तान बिशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुति गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email