News

महिनौँ देखिको प्या’स प्रदिपबाट मेटाइस् हैन भन्दै पूर्व श्रीमान शंकर कुट्थे : गायिका जेरी

काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ क्षेत्रीले भनेका थिए ।

तर जेरीले आफू शंकरबाट मानसिक र शारिरीक रुपमा प्रताडित हुनु परेको खुलासा गरेकी छिन् । उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो ।

जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो । मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।

मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ? हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तपाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो ।

त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो । फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email