
रेस्लिङ्ग खेलसंगै कलाकारिता क्षेत्रमा अब्बल दख्खल राख्ने अस्मिता सुनार (जुरेली) ले आफ्नै आवाजमा तीज गीत निकाले पछि उनी यतिबेला चर्चाको विषयमा आएकी छिन्।
त्यसै क्रममा उनले एक इन्टरभ्युमा अहिले जल्दो बल्दो रूपमा आईरहेको राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको विषयमा आफ्नो बयान दिएकी छिन्।
उनले सन्दीप लामिछाने माथि लागेको त्यो आरोप निकै नै गम्भीर आरोप रहेको कुरा उक्त इन्टरभ्युमा बताएकी छिन्। यति सम्मको अपराध भएका कारण उनले यस्तो अप राधीलाई हामीले उम्कन दिनु हुँदैन भनेर बताएकी छिन्। त्यसैले उनले सन्दीप लामिछानेलाई सजा य दिलाउन कुनै पनि कसुर नछोड्ने बताएकी छिन्।
केही दिन अगाडि मात्रै सन्दीप लामिछाने माथि नाम गोप्य रुपमा राख्ने सर्थ मा बालिकाले बलात्कारको उजुरी दिएकी थिइन्। उँजुरी दिएपछि प्रहरीले सन्दीप लामिछाने लाई विदेश भ्रमणमा रहेका सन्दीपले फर्किन उर्दी गरेको थियो।
गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो। जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको छ।