News

बाबुरामलाई बालेनको तुच्छ जवाफ : यो कुरा हजारौंको घर भत्काएर फुटपाथ बनाउदा सोच्न पर्थ्यो

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएकोप्रति मेयर साहले सामाजिक संजालमा तुच्छ जवाफ दिएका छन् ।

डा. बाबुराम भट्टराईले अनलाइनखबरले लेखेको ‘बालेनसँग बाबुरामको माग- स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं’ शिर्षकको समाचार सेयर गरेपछि मेयर बालेन प्रतिक्रिया दिएका हुन्।

बालेनकै प्रसंसकले उनको यसखाले प्रतिक्रियालाई धरानका मेयर हर्कसम्पाङ जोडेर हेर्न थालेका छन्। उनको कमेन्टमा रिप्लाई गर्दै एक व्यक्ति लेख्छन्, ‘बलेन पनि हर्क जस्तो बन्दै हो? बाबुराम भट्टराईको त्यति राम्रो सुझावलाई पनि ग्रहण गर्न नसक्ने? तिमीलाई त महेश बस्नेत नै चाहिने रहेछ कि क्या हो?’

पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका थिए । डा. भट्टराईले यस्तो दिएका थिए प्रतिक्रिया;

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान एक ट्वीट सन्देशमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email