News

जेलभित्र सन्दीपको ‘सिङ्गल रुम’, कारागार भित्रै छन् यति धेरै सुबिधा-

नाबालिग ब’ ला त्कारको अभियोगमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने यतिबेला पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धाराको थुनामा छन्। बलात्कार आरोपमा उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले उनलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए। सन्दीप पक्षका वकिलबाट निर्दोष भएको कुनै प्रमाण नभेटेपछि उनलाई थुनामा राखि अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो।

सन्दीपले पीडित भनेकी युवतीसँग एउटै कोठामा बसे पनि ब’ ला त्कार नभएको बताएका छन्। भने, जाहेरीवालाले सन्दीपले आफूलाई पटक–पटक ब’ ला त्कार गरेको बताएकी छिन्। उनी तीन साता प्रहरी वृत्त गौशालको हिरासतमा थिए भने गत शुक्रबार अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।

केन्द्रीय कारागार सुन्धारामा लामिछानेसहित अन्य ३ हजार ३ सय ६३ जना कैदी छन्। उनी रहेको कारगारमा ‘बिकिनी कि’लर’को नामले चिनिएका कु’ख्यात अ’ पराधी चा’ ल्र्स सो’ भराज, श्रीमतीको ह’ त्यामा सजाय भोगिरहेका पूर्व डिआइजी रञ्जन कोइराला रहेका छन्।

कारागार स्राेतकाअनुसार लामिछानेको स्वास्थ्य अवस्था एकदमै ठिक छ। सन्दीपको हातमा अहिले हतकडी नभएको र उनी बाहिरभन्दा भित्र एकदम सुरक्षित छन्। उनलाई त्रिभुवन विमानस्थलबाट हतकडीसहित नेपाल प्रहरीले पक्राउ गरेको थियो। केन्द्रीय कारागार सुन्धारामा सन्दीप एक्लै एउटा कारगरभित्र बसिरहेका छन्। उनलाई भेट्नकाे लागि उनका बुबा–आमा आउने गरेका छन्।

कारागारमा रहेका कैदीहरुको लागि सबै कुराको सुविधा रहेको छ। त्यहाँ मठ मन्दिर, योगा सेन्टर तथा खेल खेल्ने सुविधासमेत रहेकाे छ।‘कारागारमा त्यस्ताे कुनै समस्या छैन। सन्दीपले पनि अरू कैदीले जस्ताे पूजा–पाठ, याेगा सबै गर्न पाउँछन्,’ केन्द्रीय कारागारका एक अधिकृतले भने,‘सन्दीपले कुनै–कुनै बेला एक्लै क्रिकेट प्राक्टिक्स् पनि गर्छन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email