News

मान्छेको चिउँडोबाट पत्ता लगाउन सकिन्छ को-कति भाग्यमानी ?

खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन्। तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन्।त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो। मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ।

लामो चिउँडोः जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन्। यस्ता ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन्। काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ।

सानो चिउँडोः सानो चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ।बाहिर निस्किएको चिउँडोः बाहिर उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन्। यस्ता ब्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न्।

बर्गाकार चिउँडोः जुन ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन्।

सलक्क परेको चिउँडोः तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ। यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन्।

यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन्। यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन्।गोलो चिउँडोः यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन्। यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि ।

आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ। क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्त ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन्।अण्डाकार चिउँडोः अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ। यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email