News

कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहिन्छ मलाई : सुहाना थापा

नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड ९केटा साथी० र भगवान् रामजस्तो हजबेन्ड (लोग्ने) चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्।

भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्।‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’

अभिनेत्री सुहाना थापाको दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन बिहान उनी एक घन्टा ध्यान र व्यायाम गर्छिन्।मनोविज्ञानकी विद्यार्थी उनी ध्यान र व्यायामले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने बताउँछिन्।

अमेरिकाको नोभा कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी सुहाना ‘भर्चुअल’ कक्षाबाट पढाइ गर्दैछन्।लकडाउन नभएको भए उनले पढाइका लागि विशेष समय निकाल्नु पर्थ्यो।सुहाना होम प्रोडक्सनको ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्।आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी सुहाना दोस्रो फिल्मका लागि निकै उत्साहित थिइन्।

सुहाना वैशाख १ मा रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा व्यस्त छिन्। त्यसका लागि उनी यति बेला बंगलादेश पुगेकी छन्।यो पनि पढ्नुहोस डा। बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी

अभिनेत्री करिश्मा मानन्धरले दुई वर्षमै नेता भट्टराईको साथ छाडेकी थिइन् । त्यसयता अध्ययनमा केन्द्रित रहेकी उनले अब नेकपा ९एमाले० बाट राजनीति यात्रालाई अगाडि बढाउने भएकी छन् ।बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै

उनले एमाले प्रवेश गर्ने निधो गरेकी हुन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीको साथमा बिहीबार बालकोट पुगेकी थिइन् ।अध्यक्ष ओलीसँग भेट गरेपछि करिश्माले राजनीतिक यात्रा अघि बढाउनकुनै न कुनै विचारसँग आबद्ध हुन आवश्यक रहेकाले आफूले एमाले रोजेको बताएकी छन् । उनी स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email