News

रवि लामिछानेकाे गाडी ताेडफाेड

रवि लामिछानेकाे गाडी ताेडफाेड

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आज आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।
‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताेडफाेड गर्‍याे भन्ने थाहा भएकाे छैन ।

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । घरेलु विधि प्रयोग गर्ने तरीका:

१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ । २. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ । ३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् । ५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ

यो पनि,घुँडामा समस्या भएका व्यक्तिले गर्दै नगर्नुहोस् यी गल्ती, नत्र हड्डि खप्टिने समस्याको जोखीम, घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो। उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ। यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउनुहोुस्: घुँडाको जोर्नीमा समस्या छ भने घुँडा खुम्च्याएर बस्ने बानी बन्द नै गर्नुहोस्। घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ। गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नु पर्छ।

घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरुले पलेँटी कसेर पनि बस्नु हुँदैन। पलेँटी कसेर बस्दा एक-आपसमा हड्डीहरु खप्टिने, रगटिने हुन्छ। यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्पठ्यारो पार्छ।घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ। घरको सिँढी चढ्दा या ओर्लिदा पनि ध्यान दिनुपर्छ। सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ। हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी विस्तारै हिँड्नुपर्छ।

घुँडामा समस्या भए गह्रौँ भारी बोक्ने तथा भार उचाल्ने गल्ती गर्नु हुँदैन। यसले जोर्नीमा बढी दबाब परेर झनै समस्या बढ्न थाल्छ। गह्रौँ सामान तथा भारी उचाल्नुपर्ने भयो भने सावधानीपूर्वक पहिले बसेर बिस्तारै-बिस्तारै उचाल्नुपर्छ। घुँडाको जोर्नीमा समस्या भएकाहरुले धेरै दौडिने र हिँड्ने गर्नु पनि राम्रो होइन। जोर्नीमा बढी दबाब निम्त्याउनु नै समस्या बढाउन मद्दत गर्नु हो । घुँडालाई हल्का कसरत र बढी आराम दिनुपर्छ।

प्ल्स टिप्स: घुँडाको जोर्नीमा विभिन्न कारणले समस्या हुन सक्छ। हड्डी खिइएर, टुक्रिएर, चोटपटक लागेर मात्रै होइन, नसाका कारणले पनि जोर्नी दुखेको हुन सक्छ। घुँडाको जोर्नीमा के कारणले समस्या भएको हो, पहिले पहिचान गर्नुपर्छ। चिकित्सकको सुझावअुनसार औषधि सेवन गर्ने, समस्या कस्तो हो, त्यसैअनुसार व्यायाम तथा आराम गर्नुपर्छ। जोर्नी पुरै खिइएर औषधिले पनि काम गर्न नसक्ने अवस्था पनि कतिपयको हुन सक्छ। जोर्नी नै फेर्नुपर्ने पनि हुन सक्छ। यस्तो अवस्थामा चिकित्सककै परामर्शबाट आफूलाई सहज हुने उपाय अपनाउनु उत्तम हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email