News

डिभोर्स पछि जेरी र शंकर संग टेलीफोन संवाद, घटनाको शुरु देखी अन्त्यसम्मको वास्तविकता यस्तो रहेछ (भिडियो सहित)

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ । नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः केहीबेर अघि सधैको लागि सम्बन्ध तोडिएको हो । यो जोडी ले काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।

केहि समय आगाडी आफुहरुले सम्बन्धन बिच्छेद आधिकारिक रुपमा केहि दिन अगाडी सम्बन्ध विच्छेद गरेका हुन्। सामाजिक सञ्जाल टिकटकमा अहिले उनीहरू एक अर्कालाई आरोप लगाउनमा ब्यस्त रहेका छन् । शंकरले जेरी र उनको परिवारलाई दोष लगाउँदै भिडियो बनाइरहेका छन् भने जेरीले आफ्नो भाग्यलाई दोष दिइरहेको छिन् ।

बिहिबार पुन: उनीहरू अदालत पुगेर सम्बन्धविच्छेद गरेका हुन् । उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

शंकरको प्रतिक्रियाः मिडियामा रुवाबासी गर्नु जरुरी छैन – जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले प्रतिक्रिया दिँदै ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए । सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।

उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’ उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।

सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन । उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email