News

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा

पंकज र उनकी आमाले नेहाकी आमालाई फोन गरेर तपाईंकी छोरी लैजानुस् भने ।

आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध ४ कात्तिकमा घरेलु हिंसाको निवेदन दिइन् । चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भने ।

नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन् । उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन् । पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए ।

प्रहरीले पंकजलाई दुई दिन थुनामा राख्यो । उनले २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई छाडेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले नेहाले पंकज विरुद्ध घरेलु हिंसा विरुद्धको जाहेरी दिएको बताए । ‘घरेलु हिंसाको मुद्दा दर्ता भएपछि हामीले पंकजलाई दुई दिन थुनामा राखेका हौं । नेहालाई घर लैजान्छु भनेपछि छाडेका हौं’, उनले भने, ‘केटीपक्ष मिलापत्र गर्न तयार छ, तर पंकज र उसको परिवारले मानेको छैन ।’

थुनामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । ‘मैले दुःख पीडा सहे पनि मिल्न खोजेकी थिएँ । २० गते पछाडि घर लैजान्छु भनेर पंकजले जिन्दगीबाट निकाल्न खोजेका रहेछन्’ नेहाले भनिन् ।

नेहाले पनि पंकजविरुद्ध अंशमुद्दा दिइन् । तर, नेहाले मुद्दा दर्ता गर्नु भन्दा अघि नै पंकजका बाबुले सबै सम्पत्ति छोरीहरुको नाममा बकसपत्र गरिदिएको नेहा बताउँछिन् ।

‘सम्पत्तिको लालचले मैले मुद्दा दर्ता गरेकी होइन । कुनै विकल्प नभएपछि यहाँसम्म पुगेकी हुँ’, नेहा भन्छिन् ।

पढेर बैंकमा काम गर्ने सपना थियो नेहाको । तर अहिले न उनको पढ्ने रहर पूरा भएको छ । न त माया गरेको मान्छेसँग सुन्दर संसार बसाउने नै ।

उनले आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।

पंकजले भने नेहाले आरोप लगाए अनुसारको घटना नभएको दावी गरेका छन् । कुराकानीमा उनले भने, ‘नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार घटना भएको छैन, अदालतमा र प्रहरीमा मुद्दा चलिरहेको छ, म यस विषयमा थप केही बोल्दिन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email