News

ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ

ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ

माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।

काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।

प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्‍यो ।

मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे ।

नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।पकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो ।

२०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।

नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन ।

तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email