News

साहाराको घरमा बस्दै आएका टुहुरा यी ३ नानीहरुले ल्याए कमालको रिजल्ट, बाबु आमाको सहारा बिना नै कसरी गरे यस्तो कमाल ?

साहाराको घरमा बस्दै आएका टुहुरा यी ३ नानीहरुले ल्याए कमालको रिजल्ट, बाबु आमाको सहारा बिना नै कसरी गरे यस्तो कमाल ?

साहाराको घरका तिनै जना छोरीहरुले राम्रो नतिजा सहित उत्तिण भएका छन् ।

जसका कारण परिवार विहिन छोरीहरुलाई संरक्षण गर्दै आएकी कुसुम अहिले खुशीले फुरुगं छिन् । एसईई परीक्षाको सार्वजनिक नतिजा अनुसार तिनै जना छोरीहरु सरस्वती,

अनिता र आकृतिले राम्रो नतिजा ल्याएसँगै अहिले साहाराको घर सस्थामा खुशीयाली छाएको संचालिका कुसुमले बताइन् । एसईईमा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुने छोरीहरु क्रमश आकृती सुनार , अनिता प्रजा र सरस्वती रोकाया ९आर्जु ० छन् । हाल साहाराको घरमा १९ जना छात्राहरु रहेको साहाराको घरकी संचालीका कुसुम साहारा (स्वस्तिका तिवारी) ले बताइन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१।

६७ रहेको छ। यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको बोर्डले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email