विहे गरेको ८ महिनामै एस्तो डाक्टर भएका श्रीमानले पिटेर थला पारे, नेहा चौधरीको घरमा पुग्दा सबै बास्तविकता खोलीन् (भिडियो सहित)

माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।
प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे ।
नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।पकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो ।२०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।
नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन । तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए ।
विवाहका लागि दिइएको नगद र सरसमान पंकजको परिवारको इच्छा अनुसारकै थियो ।विवाहमा करोड बढी खर्च लागे पनि नेहा–पंकज निकै खुसी थिए । उनीहरुको तीन वर्षदेखिको सपना पूरा भएको थियो ।श्रीमान एमबीबीएस डाक्टर । काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने ।
हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका । नेहालाई कुनै चिन्ता थिएन ।विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरेका थिए । तर दुई महिनापछि पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले । ‘तेरो विहेका कारण अमेरिकामा रहेका मेरा छोरा बुहारी आउन पाएनन् ।
बिहे सोचेको जस्तो भएन । तैले गर्दा मेरो परिवार एक हुन सकेन’, सासु गोदावरी देवी चौधरीले भन्थिन् ।विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए । श्रीमान कामका लागि काठमाडौं फर्किए । बिहेअघि नेहाले आफू पनि श्रीमानसँगै काठमाडौंमा बस्ने र पढाइलाई निरन्तरता दिने बताउँदा पंकजले स्वीकार गरेका थिए ।
तर पंकज काठमाडौं फर्किँदा नेहालाई महोत्तरीमै छाडेर फर्किए । सम्झाइ बुझाइ गर्नुको साटो ‘मैले तलाई काठमाडौंमा राख्न बिहे गरेको होइन, घरमा बाआमाको स्याहार गर्नलाई हो’, भनेर ध’ म्क्याएको नेहाले बताइन् ।नेहा पंकजकी बहिनी रेखासँग महोत्तरीमै बस्न थालिन् ।
रेखाले हरेक दिन आफ्नो बारेमा सासुससुरा र पंकजलाई अनर्गल कुरा लगाउने गरेको नेहा बताउँछिन् ।पंकज घर फर्किँदा नेहाले आफूलाई पनि काठमाडौं लैजान आग्रह गर्थिन् । तर पंकजले आग्रह सुन्नुको साटो नेहालाई गाली गलौज गरेर हातपात गर्थे ।
‘बुबाआमालाई भनेर काठमाडौंमै घर किन, अनि सँगै राखौंला भन्नुहुन्थ्यो’, नेहाले भनिन्, ‘एक दुईपटक त मेरो भाइ र आमालाई पनि पंकजले यो कुरा मेरै समक्षमा भन्नुभएको छ ।’घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहा बताउँछिन् ।
घरमा नन्द र सासु ससुराले तनाव दिन थालेपछि उनले श्रीमानलाई काठमाडौं लैजान फेरि आग्र्रह गरिन्, कलेज भर्ना गरिदिन भनिन् । तर पंकजले किन पढ्नुपर्यो भन्दै गाली गरेको नेहा सुनाउँछिन् ।‘कलेज पढ्छु भन्दा किन पढ्नुपर्यो, काठमाडौं लैजानुस् भन्दा तेरो बाउले घर किनेर राखेको छ र भनेर उल्टै गाली गर्नुहुन्थ्यो’, नेहा भन्छिन् ।
घरमा सासुले उनलाई मोवाइल चलाउनसमेत रोक लगाएकी थिइन् । पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग बोल्दैनथे । कुटपिट र यातना उस्तै थियो । पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो । तर रगत बगेको कुरा सुनाउँदा सासुले हाँसेर उडाएको र पंकजले पनि वास्ता नगरेको नेहाले बताइन् ।
पीडा सहन नसकेपछि माइती पुर्याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले नेहाको बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस्’ भनेको उनले बताइन् ।त्यसपछि आमा र भाइ आएर नेहालाई माइती लिएर गए । त्यहीँबाट मेडिकल गइन् ।
मेडिकलले उपचार गर्न नसक्ने बताएपछि उनी जनकपुरको अस्पताल गइन् । चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए पनि परिवारको डरले भर्ना हुन नसकेको नेहा बताउँछिन् ।‘दुई हप्तासम्म दिनको दुईवटा सुई र औषधी लिएर बाँचेकी हुँ, मलाई पंकज र उसको घरपरिवारले पागल करार गरेर मार्न खोज्यो ।
मन मुटु दिई जिन्दगी सुम्पिएको मान्छेले धोका दियो । मेरो संसार अँध्यारो बनायो’, नेहाले भावुक हुँदै सुनाइन् ।नेहा माइतीमै बसिरहेकी थिइन् । पंकजले फोन गरेर घर जान भने । नेहाले काठमाडौंबाट फर्किँदा आफ्नो माइतीमा पस्न भनिन्, त्यसपछि सँगै जाने बताइन् ।
पंकजले मानेनन्, उल्टै नेहाका बाआमालाई फोन गरेर ‘तिम्री छोरीलाई घरभित्र पस्न दिन्न’ भने ।सासु र ससुराल