News

बिचारा: मलाई मेरो श्रीमान,सासु र नन्दले कु,टपिटकै कारण पि’साबबाट र,गत जान थाल्यो ,मलाई न्याय दिनु

काठमाडौँ नेहा चौधरी – मेरो बिहे भएको ८ महीना भयो मैले डाक्टर संग बिहे गरेको हो । हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्परा द्वारा भएको थियो। मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो ।

विवाह भएको केही दिन मात्र बितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्न थाले । म दुःख सुख गरी बसिरहेको थिए । मेरो श्रीमान काठमाडौं बस्नु हुन्छ, ग्रांडी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफू संग राख्नुस भने वितिकै मलाई कुटपिट गर्नु हुन्थ्यो पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।

म सहन नसकेर महिला थाना मा गए मलाई गंभीर हुने गरी पिटनु भएर मेरो आमा लाई आफनो छोरी लईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो । म ३ दिन अस्पताल मा भर्ना भई जॉच गराए । थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म राख्दिन घर छिर्न दिन्न भन्नू भयो ।

उनको जिद्दीको कारण वहा थानामा नि २ दिन बस्नु भयो फेरि नि राख्दिन भनेर निस्किनु भयो । मैले मेरो जाइरी घरेलू हिंसाको मुद्दाको दर्ता गराए । तेहि दिन ४ गते उनले डिभोर्स मुदा दिनू भयो । मलाई घर छीर्न दिनू भएन । मलाई अंश दिनू पर्छ बिछोड़ हुदा भनेर वहा ले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो ।

मलाई उहाँकोको सम्पत्ति वा अंश चाहिएको होइन । म बिहेे गरेको संगै बस्नको लागि हो । वहाहरु मलाई बेलाबेला कुटपीट नगरोस भनेर म महिला थानामा गए । अब मैले न्याय कसरी पाउने म घरबाट निस्किन नि गर्हो भैरको छ । तेरो अनुहार बिगारिदिन्छ भनी धम्की दिनू भएको छ ।

यो पनि पढ्नुहोस् लोकगायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए।

‘दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने। उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्। शंकरले न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै या-तना दिने गरेको उनको आरोप छ।

‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं। तँ सँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता-कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यात-ना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email