भक्तपूरमा १० वर्ष देखि वेवारिसे भवनको भित्री कथा यस्तो छ

भक्तपूरको राधेराधे चोक’को देब्रेपट्टि उभिएको अजङ्गको वे:वारिसे भवन देख्ना:साथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भा’टभटेनी सुपमार्केटको छेवैमा नि’र्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन स’केको छैन ।
उक्त भवनको निर्माण क’म्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभ’लपर प्रालि हो । आवासीय अपा’र्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिक’रणबाट निर्माणको स्वीकृति पाए’को यो विशाल भवनको नाम ‘न्यौपाने टावर्स’ हो ।
भक्तपूरको म’ध्यपुर थिमि नगरपा’लिकास्थित अपा’र्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइ’एपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फल’स्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।
१३ तल्ला निर्माणको स्वीकृति प्राधि’करणबाट पाएको भएपनि छेवैमा ५ तल्ला थप गरेर व्यव’सायायिक कम्प्लेक्सको समेत निर्माण थालिएपछि प्राधिरणरले प्रश्न उठाएको थियो । तर, पाँच तले भवनको नक्सा भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट पास भइस’केको बताइन्छ ।
१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपा’लिकाको तर्क छ । प्राधिक’रणको भक्तपूर कार्यालयले भने नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआ’एको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक फुकुवा गर्ने सम्बन्धमा नगरपा’लिकाका प्रतिनि’धिसहित प्राधिक’रणको बोर्डमा छलफल पनि भएको थियो ।
थिमि नगरपा’लिकाका तत्का’लीन इन्जिनीयर सत्य’नारायण साहले २०६७ मा उक्त टावरको डीपीसी सर्जिमिन गराएका थिए । नगर’पालिकाको टोलीले त्यतिबेला सर्जिमिन गरेको र मापदण्ड पुग्ने नपुग्ने अध्ययन भईरहेकै समयमा स्थानीय बासि’न्दाले बाटोको विषय’मा समेत विरोध गरेर नगरपा’लिकामा उजुरी दिएका थिए । त्यसै कारण निर्माणको काम रोकि’एको उक्त भवन अहिलेसम्म वेवा’रिसे अवस्थामा छ ।