शंकर क्षेत्री खेलौना हेरेर छोरी मिस गर्दै बने भावुक, घर जाँदा छोरी र जेरी छन् भनेर सधैं झुक्किन्छन् (भिडियो सहित)

काठमाडौँ । दोहोरी गायिका भनेर चिनिले बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच सम्बन्ध विच्छेद भएको छ । जेरीले आफ्नो सुमधुर स्वरमा जीवन्त र मौलीक शैलीमा ब्यक्त गर्ने प्रस्तुतीका कारण पनि उनलाई निकै रुचाइनछ । उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डिसकस सधैँ डिसकस हुन्थ्यो ।
आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डिभोर्सको स्थितिमा पुगेको जेरीले खुलाइन् काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डिभोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डिभोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् ।
आफ्नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।‘मलाई चरित्रसँग जोडेर मानसिक टर्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।
शंकरको भन्छन, मिडियामा रुवाबासी गर्नु जरुरी छैन – जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले प्रतिक्रिया दिँदै ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए ।
उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’ उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।
सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन । उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन