साथीको बिहेमा दुई युवकले सारी र टिका लगाएर पुगेपछि… [भिडियो]

साथीको बिहेमा दुई युवकले सारी र टिका लगाएर पुगेपछि… [भिडियो]
कपडाको बारेमा महिला र पुरुषको मान्यतालाई तोड्दै दुई युवाको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो भिडियो अमेरिकाको शिकागोको हो, जसमा दुई केटा सारी तथा टिका लगाएर हातमा हात मिलाएर हिँडिरहेको देखिन्छ ।
दुवैले साथीको विवाहको तयारीमा गएका थिए ।शिकागोमा बस्ने एक भारतीय जोडीको बिहे हुँदै थियो ।
यस विवाहमा, अमेरिकी साथी बेहुलाको सबैभन्दा नजिकको साथी पनि सहभागी भए ।
दुलहा र दुलही दुबै भारतीय हुन्, त्यसैले अमेरिकी साथीहरूले उनीहरूको विवाहको लागि विशिष्ट भारतीय पोशाकहरू लगाउने निर्णय गरे।
दुवैले ड्रेस डिजाइनरको सहयोगमा सारी लगाएका थिए । यति मात्र होइन, उनले टिका पनि लगाए ।
यो अनौठो पहिरन लगाएर विवाहमा दुवै साथी पुग्दा दुलहा र दुलहीले हाँसो रोक्न सकेनन् ।
बेहुली लजाइन् तर दुलहाले हाँस्दै दुवैलाई अँगालो हालेर उनीहरूको साहसको प्रशंसा गरे ।
शिकागोको विवाहको भिडियोग्राफर प्यारागनफिल्म्सले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो भिडियो सेयर गरेका छन् ।
उक्त भिडियोको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सोसल मिडियामा दुवै युवाको यो फेसनको निकै चर्चा भइरहेको छ ।इन्स्टाग्राममा सेयर गरिएको भिडियोलाई अहिलेसम्म हजारौं लाइक र लाखौं भ्युज प्राप्त भइसकेका छन्
https://www.instagram.com/reel/CkOJCaDNFld/?utm_source=ig_embed&ig_rid=b26b781d-1ea5-4846-851f-e1f18fa99b7c&ig_mid=E13AB0C9-5474-4BB5-92F9-DCD4DDBB9361