Video

संसारकै सबैभन्दा सानो पुन्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हेर्यै भए (भिडियाेमा हेर्नुस्)

संसारकै सबैभन्दा सानो पुन्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हेर्यै भए (भिडियाेमा हेर्नुस्) ।

एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ जुन खबर हो बंगलादेशको ।

अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । २८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ ।

रानी नाम गरेको उक्त गाई २३ महिनाको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ ।

फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न

डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email