News

कांग्रेस नेता पैसा बाँड्दा बाँड्दै समातिए

गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २(ख) का उम्मेदवार विन्दुकुमार थापा पैसा बाँड्दा बाँड्दै समातिएका छन् ।ममरातिको समयमा पैसा बाँढ्न आएको भन्दै थापा समातिएका छन् ।

पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् ।उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको बताइएको छ छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन् ।

एमालेका स्थानीय नेताले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा थापाविरुद्ध बिहीबार उजुरी दिने तयारी गरेका छन् ।प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा, केन्द्रबाट समर्थन गर्ने बाचानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामको प्रशंसा गरेका छन्।

धरानमा आयोजित चुनावी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानी समस्याको समाधानका लागि धरानका मेयर साम्पाङको कामको प्रशंसा गर्दै धन्यवादसमेत दिए।उनले मेयर साम्पाङको खानेपानी समस्या समाधानको चहानालाई केन्द्रबाट पनि समर्थन गर्ने बताउँदै केन्द्रबाट बजेट पास गर्ने प्रतिबद्धता जनाए।

‘धरानको खानेपानी समस्याको विषय सबैलाई थाहा भएकै हो, यो समस्याको समाधानका लागि धरानका मेयर हर्क साम्पाङले राम्रो काम गर्नुभएको छ’, उनले भने, ‘उहाँको चाहानालाई केन्द्रबाट पनि समर्थन गर्छौं।’उनले धरानको सुकुम्बासी समस्या समाधान गर्ने बताउँदै धरानको खेलकुद रंगशालालाई केन्द्र बाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। गठबन्धन निर्वाचनका लागि मात्रै नभएर संविधान रक्षाका लागि बनेको दाबी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email