News

निर्वाचन आयोगले बालेनलाई साढे ७ लाख रुपैयाँ जरिवाना तिराउने

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन खर्च समयमा नै नबुझाएका कारण उनले त्यति मोटो रकम तिनुपर्ने बताइएको छ ।

३० दिन भित्रै खर्च विवरण पेस गर्नुपर्नेमा ३० दिनभन्दा पछि भएका कारण सो रकम जरिवाना तिराउने निर्णय आयोगले गरेको हो ।त्यस्तै धरानका मेयर हर्क साम्पांगले ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ ।

भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि साढे ७ लाख बुझाउनुपर्ने भएको छ । निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार नौ सय ५८ र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार छ सय ६६ उम्मेदवारलाई कारबाही गरिएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email