मोटरसाइकल माथि झोला राखेर मुग्लिनको पुलबाट हाम फालेर २७ वर्षीय युवा

काठमाडौँ – मुग्लिन पुलबाट हाम फालेर एक युवा त्रिशुली नदीमा वेपत्ता भएका छन् । आज साँझ ५ः३० बजेको समयमा एक युवाले पुलबाट हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
पोख्रेलको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको उनले बताए ।उता भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरीका घटना बढेका छन् । हिजो (बिहिबार) मात्रै भरतपुर १२ नौरङ्गेका रुद्रनाथ अधिकारीको घरमा चोरी भएको छ ।
दिउसो कोही नभएको मौका छोपेर घरको मूल ढोका फुटाएर सुन र नगद चोरी गरेको अधिकारीले बताउनुभयो । उहाँले १२ तोला सुन र ५५ हजार नगद चोरी भएको जानकारी दिनुभयो ।‘म लगायत सबै परिवारका सदस्य दिउसो भरतपुर १० दुरसंचार रोडस्थित छापाखानामा जान्छौं ।
कोही नभएको मौका छोपेर चोरी भयो’,उहाँले भन्नुभयो । उहाँले दिउसो कोही हुँदैनन् भन्ने चाल पाएको मान्छेले चोरी गरेको बताउनुभयो । चोरले घरका सबै दराज फोडेको र कपडा र सामान भद्रगोल पारेर छाडिदिएको अधिकारीले बताउनुभयो ।
वडामा चोरीको घटना बढेपछि वडाध्यक्ष हरी पन्तले आज (शुक्रबार) देखि वडामा प्रहरीको गस्ती बढाइने बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन सक्ने भन्दै सवै वडावासीलाई सचेत रहन आग्रह गर्नुभयो ।
बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेका हुन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरीमुदी – ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ ।
वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।त्यस्तै नारायणी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । बेपत्ता हुने व्यक्ति कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
पोख्रेललाई प्रहरीले अझै फेला पारेको छैन । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए ।