News

मतपत्र, मतपेटिकको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा सुरक्षकर्मीले सिधै गो’ ली चलाउन पाउने

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गो’ ली चलाउने सक्ने अधिकार सरकारले दिएको छ ।

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा तथा मतपत्र-÷मतपेटिकको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षकर्मीले गो’ ली चलाउन माथिल्लो निकायको आदेश नचाहिने निर्देशन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दिएका छन् ।

सुरक्षालाई चुस्त बनाउन फिल्डमा खटिएका सुरक्षाकर्मीलाई प्रष्ट निर्देशन भएको हो । कसैले चुनाव बिथोल्न वातावरण बनाएमा तत्कालै सुरक्षाकर्मीले गो’ ली चलाउने भएका छन् । निर्वाचनलाई भयरहित बनाउन पछिल्लो समय सुरक्षाकर्मीले चुनाव विरोधी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन् ।

यो पनि – आइतबार मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ ।

संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email