News

बिरामी भएर काठमाण्डौँमा रहेकी प्रचण्ड पत्नीको नाममा चितवनमा अर्कैले हाल्यो भोट

नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा पनि उनको नामका मतदान भएको छ । आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा पुगेर छोरी गंगा दाहालले आमाको नामको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् ।

चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको नारायणी अनलाइनलाई बताए । उनले कसले मतदान गरेको हो भन्नेबारे मतदान केन्द्रलाई नै थाहा हुने बताए । उनले उजुरी परेपछि छानबिन प्रकृया अघि बढाइने बताए ।

सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन् । सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो । तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन ।यसैबीचपूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुभएको हो ।त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

श्रेष्ठले बिहान ७स्४९ बजे मतदान गर्नुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुग्नु भएको थियो ।त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित बीरभद्र प्राथामिक विद्यालयको (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email