News

सागर ढकालले भने- उम्मेदवारको एजेन्टबिना नै प्रशासनले मतपेटिका बोकेर लग्यो, सहयोग गरिदिनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका डडेलधुराका सागर ढकालले मतदानमा धाँधली हुन सक्ने शंका गरेका छन् ।

आइतबार मतदान सकिएपछि ढकालले मतपेटिकाहरुलाई प्रशासनले उम्मेदवारको एजेन्टबिना नै बोकेर हिंडेको हुँदा धाँधली हुनसक्ने भन्दै सामाजीक सन्जालमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘डडेलधुराका जनताहरु बाटो बाटोमा भिडियो, लाईभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडिको स्कर्टिंग हजुरहरुले नै गर्नुपर्यो । ‘

उनले बाटोबाटोमा बस्न अनुरोध गर्दै लेखेका छन्, ‘कतिपय ठाँउमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिडेको छ । आज राति सुत्न भएन। जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।‘

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email